काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले चुनौती दिएका छन् ।

नेपाली कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको जिकिर गरेका हुन् ।
राप्रपा पूर्वराजा फर्काउने खेलमा लागे पनि पछि पछुताउँने बरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् ।

पार्टी खोलेर राजनीति गरे पनी त्यो पार्टीका विचरा कार्यकर्ताले दुःख पाउँछन् भन्दे देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे । एउटा सक्षम अदालत भएकाले ,सोही अदालतका कारणले आफ छुटेको दावी गरे ।

लोकत्रान्त्रिक गणतन्त्र जोगाउनका देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0