झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताउनुभएको छ । आज झापाको भद्रपुर विमानस्थलमा बोल्दै एमाले अध्यक्ष ओलीले अहिलेसम्मको अवस्था हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताउनुभएको हो ।

ओलीले बङ्गलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरू थोरै सिटमा समेटिने बताउनु भयो । आसन्न निर्वाचनका लागि आफू सबै मतदाताको घरघरमा पुग्ने प्रयास गर्ने उहाँले बताउनुभयो । झापा क्षेत्र नं. ५ का उम्मेदवार ओली मतदाता भेटघाट तथा अन्य निर्वाचन केन्द्रीत कार्यक्रमका लागि झापा पुग्नुभएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0