
काठमाडौँ । लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसको आयोजनामा चौथो संस्करणको गर्ल्स फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चौथो लायन्स कप गर्ल्स फुटसलको उपाधि महेन्द्र आदर्श स्कुलले जितेको छ । फाइनल खेलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाइ निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुट आउटमा हराउँदै उपाधि चुमेको हो। १७ वटा विद्यालयहरूले भाग लिएको सो प्रतियोगितामा भ्याली पब्लिक स्कुल तेस्रो र विश्वामित्र गणेश माध्यमिक विद्यालय चौथो स्थानमा रहे , प्रतियोगिता कात्तिक २४ गते देखि शुरुभै कार्तिक २६ गते सम्पन्न भएको सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी करीना तामाङ भइन भने उच्च गोलकर्ता मिन्जल लामा बन्न सफल भइन।

सो प्रतियोगितामा बिजयी खेलाडी एवम् विद्यालयहरू लाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उप प्रमुख लक्ष्मी महर्जन लायन्स क्लबका डिस्ट्रीक गभर्नर लायन महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकि अध्यक्ष सृष्टि बज्राचार्य डिस्ट्रीक चिफ स्पोर्ट्स तथा रोड सेफ्टी का लायन दिप्रश शाक्यले ट्रफी मेडल तथा प्रमाणपत्रका साथै स्कुल ब्याग स्टेसनरी केड कम्पनी द्वारा प्राप्त उपहार सहित विभिन्न सामग्रीहरू प्रदान गरेका थिए। सो फाइनल खेलमा लायन्स क्लबका प्रथम भाइस डिस्ट्रीक गभर्नर लायन योगराज कडेल शर्मा, जोन चेयर पर्सन लायन बिनोद गौचन, प्रोग्राम कोअर्डिनेटर लायन सरू महर्जन लगायत लायन्स क्लब अफ ललितपुर रोयलका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो।
विभिन्न विद्यालयका छात्राहरूलाई खेलकुदमा सहभागी गराइ उनीहरूमा रहेको अन्तरनिहित क्षमतालाइ प्रस्फुटन गरि महिला सशक्तिकरणमा योगदान गर्ने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।




