काठमाडौँ । प्रतेक वर्षको रमणीय समर मौसममा स्वेडनमा आयोजना हुने पार्टीले ह्याण्डवल विश्वकपमा यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै बेस्ट एलिमेण्टरि स्कुल लाजिम्पाटका विद्यार्थी लगायत विभिन्न स्कुलहरू गरि जम्मा १६ जना विद्यार्थीहरू सहभागिता भएका छन ।

नेपाल ह्यनड्बल एसोसिएसनको आयोजनामा कोच विराजमान बज्राचार्य र बैशाली लामाको नेतृत्वमा बेस्ट एलिमेण्टरि स्कुल लाजिम्पाटका पलिस्था श्रेष्ठ, मुन महर्जन, सुरसा श्रेष्ठ लगायत अन्य बालबालिकाहरु सहभागिता थियो ।

उक्त विश्व चर्चित खेलकुदको कुम्भमा ३५ रास्ट्रको १ हजार २ सय ७२ टिमहरुले जम्मा ४ हजार २ सय ८८ वटा म्याचमा भाग लिएका थिए । यस्ता अन्तराष्ट्रिय कार्यक्रमहरूमा नानीबाबुहरूलाई सानै उमेर देखि सहभागी गराउनुको उद्देश्य जित्नु वा हार्नु मात्र नभएर उनिहरुको व्यक्तित्व विकासमा सहयोग पु-याउनु रहेको प्रिन्सीपल सुष्मा लामाले बताउनु भयो ।

उहाँले खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो जहाँ विश्वका शक्तिशाली राष्ट्र र गरिब राष्ट्रका खेलाडीहरू एउटै खेल मैदानमा आपसी मेलमिलाप भाइचाराका साथ खेल खेल्ने गरेको बताउदै  जसले गर्दा विश्व शान्ति कायम गर्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो उहाँले सहभागी बिध्यार्थिहरुका अभिभावाकहरुले आफ्ना नानिबाबुहरुलाई सहभागी गराइदिनुभयेकोमा विद्यालयलाई भविस्यमा पनि यस्तै कार्यक्रमहरुमा सहभागी गराइदिन अनुरोध गर्दै धन्यबाद ज्ञापन गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0