एजेन्सी। जम्मू-कश्मीरको पाहलगामस्थित बैसरानमा भएको आतङ्कवादी हमलामा २२ भारतीय पर्यटक, २ स्थानीय बासिन्दा, १ नेपाली र १ युएई नागरिकसहित २८ जनाको मृत्यु भएको छ। थप ३६ जना घाइते भएका छन्।

लश्कर-ए-तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले जिम्मेवारी लिएको यो आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदीले साउदी अरब भ्रमण छोट्याएर स्वदेश फर्कँदैछन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले गहिरो दुःख व्यक्त गर्दै भारतसँग ऐक्यबद्धता जनाएका छन्। भारतले दोषीलाई कारबाही गर्ने स्पष्ट सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
25
+1
0
+1
0
+1
0