
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट जनताको आवश्यकता र प्राथमिकताका आधारमा विशेष गरी उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित गरेर ल्याउन निर्देशन दिनु भएको छ ।
सिंहदरबारमा मन्त्री र सचिवहरुसँग भएको बजेट तयारी सम्बन्धी छलफलमा उहाँले सुशासन शान्ति सुरक्षा,भ्रष्टाचार नियन्त्रणलाई प्राथामिकतामा राख्नन जोड दिए।प्रधानमन्त्रीले अनुदान नीतिको पुनरावलोकन स्रोतको भरमा बजेट नबनाउने र राजस्व सङ्कलनमा बदमासी पाइएमा संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्ने समेत बताउनु भएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितता र मापदण्डमा आधारित रही बजेट तर्जुमा भइरहेको जानकारी दिनुभएको छ ।अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कूल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ।




