काठमाडौ । विभिन्न २१ मन्टेश्वरी स्कूलहरूको सहभागितामा चौथो निप्स ताफिसा सम्पन्न भएको छ । खेलकुद कार्यक्रममा विभिन्न २१ स्कूलका ४ सय २५ बालबालिकाको सहभागिता रहेको थियो ।

राष्ट्रिय प्रहरी स्पोर्ट्स क्लब महाराजगञ्जमा भएको खेलकुद कार्यक्रम  युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त खेलकुद कार्यक्रम नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष श्री चतुरानन्द राजबैद्धको प्रमुख आतिथ्यमामा भएको हो । कार्यक्रममा नेपाल कराते महासङ्घका महासचिव  दावा गुरुङ लगायतको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा अन्य विशिष्ट व्यक्तित्वसमेतको समेत उपस्थिति रहेको थियो । 

खेलकुद कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निजी स्तरबाट भव्य रुपमा खेलकुद कार्यक्रमको आयोजनाले आफूलाई थप उर्जा प्राप्त भएको भन्दै आयोजकको प्रशंसा गर्नुभयो । उहाँले खेलकुदको क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोगले थप सहज भएको बताउनु भयो । यस्तै निजी क्षेत्रले समेत खेलकुद क्षेत्रको विकासका लागि गरेको कार्य प्रशंसनीय भएको भन्दै आगामी दिनमा सरकारी स्तरबाट समेत यस्ता कार्यक्रमहरूलाई सहयोग गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै अध्यक्ष सुश्मा लामाले १ सय ७० राष्ट्र सदस्य रहेको अन्तराष्ट्रिय खेल संस्था ताफिसाको म्यान सदस्य रहेको र देल सम्बन्धी भएको गतिविधिबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष अप्सना राणा लगायतले मन्तव्य राख्नु भएको थियो ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0