काठमाडौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले रोमाञ्चक खेलमा लुम्बिनी लायन्समाथि एक रनको जित निकालेको हो ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनाउन सक्यो ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सको यो लगातार चौथो जित हो । आठ अंकसहित जनकपुर बोल्ट्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । लुम्बिनी लायन्सको भने यो लगातार चौथो हार हो । चौथो हारपछि लुम्बिनी लायन्सको अगाडि बढ्ने सम्भावना पनि क्षीण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0