ज्ञानदा एकेडेमीमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाई गर्दै एक विशेष समारोह सम्पन्न गरेका छन्। आइतबार आयोजित उक्त कार्यक्रम कक्षा १२ का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आयोजना गरिएको हो।

कार्यक्रम राष्ट्र बैँक वीरगञ्ज शाखाका उपनिर्देशक सुशील पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अध्यक्षता ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले गर्नुभएको थियो। कार्यक्रममा मानव सेवा आश्रम वीरगञ्ज शाखाका फाउन्डर देवेश प्रसाद, वीरगञ्ज युवा समाजका अध्यक्ष तथा समाजसेवी कमल चौलागाईं, एलाइड यूथ सोसाइटीका अध्यक्ष ओम कुमार झा तथा ज्ञानदा २ का प्रोग्राम हेड सन्देश कुशवाहा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा ज्ञानदा एकेडेमी २ का कार्यक्रम लिडर वशिम हुसेनले स्वागत मन्तव्य राख्दै युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा जिम्मेवारी अझ बढ्ने भएकाले सकारात्मक सोचका साथ आफ्नो लक्ष्यतर्फ केन्द्रित हुन विद्यार्थीहरूलाई सुझाव दिनुभयो।

त्यसैगरी, प्रमुख अतिथि सुशील पौडेलले विद्यार्थीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गरी लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत रहन आग्रह गर्नुभयो।कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरी वातावरणलाई रमाइलो बनाएका थिए।


कार्यक्रमको अन्त्यमा अध्यक्ष राजेन्द्र प्रसाद कोइरालाले कक्षा १२ का विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।कार्यक्रमको सञ्चालन कक्षा ११ का विद्यार्थीहरूले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0