
काठमाडौं — संगीतको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउँदै आएका बाउ–छोरा गायकद्वय घमेश दुलाल र मायुल दुलाल आफ्नो सांगीतिक यात्रासँगै पारिवारिक सम्बन्ध र सामाजिक चिन्तनलाई समेत गीतमार्फत प्रस्तुत गर्दै आएका छन । उनीहरूको यात्राले दर्शक तथा स्रोताको मन जित्दै आएको छ।
उनीहरूले सार्वजनिक गरेका केही गितहरुमा पारिवारिक सम्बन्धको महत्व, पुस्तान्तरणको विषय, समाजमा बढ्दो संवेदनशीलता र जीवनशैलीका विषयहरू उठान गरिएको छ। संगीतमार्फत समाज परिवर्तनको सन्देश दिन सकिन्छ भन्ने उदाहरण उनीहरूले देखाइरहेका छन्।
बुबा घमेश नेपाली लोक रआधुनिक संगीतमा दशकौँदेखि सक्रिय रहँदै आएका छन् भने छोरा मायुल पनि आफ्नै शैलीमा गीत रचना तथा गायनमा सक्रिय छन्। दुबैले मिलेर तयार पारेका कतिपय गीतहरू दर्शकले अत्यन्त रुचाएका छन्।
संगीत हाम्रो जीवन हो। हामीले हाम्रो अनुभव र भावना गीतमा पोख्ने गर्छौं, बुबा घमेश भन्छन्। छोरा मायुल थप्छन् बुबासँगै गाउने मौका पाउनु मेरो सौभाग्य हो। उहाँबाट मैले धेरै सिकेको छु।
उनीहरूको भिडियोले युट्युब तथा अन्य सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। सांगीतिक प्रतिभाका साथसाथै उनीहरूले सामाजिक चेतना फैलाउने प्रयास पनि गरिरहेका छन्। संघीय पत्रको स्डुडियोमा गित संगीतका साथै अन्य पारिवारीक पुस्तान्तरण विषयमा समेत उनिहरुले खुलेर कुराकानी गरेका छन ।
उनिहरुले आफ्नो समयमा संगितका कुरा पारिवारीक कुरा अनि समाजमा विभिन्न विषयमा कुरा गरेका छन ।
उनीहरूले आफ्ना अनुभव, संगीतमा बिताएको समय, पारिवारिक नाता र सामाजिक परिवर्तनमा कलाकारको भूमिका जस्ता विषयमा विचार प्रस्तुत गरेका छन्। भिडियोमार्फत दर्शक–स्रोतासँग आत्मीय संवाद गर्ने प्रयास उनीहरूको देखिन्छ।




