
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएपनि त्यो सफल नभएको बताउनु भएको छ ।
संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।इतिहासले, घटनाक्रमले र संयोगले आफुलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिएको उहाँको भनाइ थियो । ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने आफुले नजिकबाट हेर्ने र वुझ्ने मौका पाएको उहाँले बताउनु भयो ।
उहाँले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको बताउनु भयो ।माओवादी अध्यक्ष दाहालले राष्ट्रपति पौडेल निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन सफल भएको भन्दै बधाई दिनुभयो ।





