रैथाने परिकार पक्कुुको प्रबर्द्धन गर्न पक्कु फेस्टिभल २०८१ को आयोजना हुने भएको छ। प्रेसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज १७ देखि २१ गतेसम्म पक्कु फेस्टिभलको आयोजना गरिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। होटल  प्रेसिडेन्टको महाराजगञ्जस्थित आउटलेटमा आयोजना  हुने  बिजनेस  ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी गराएका हुन्। परम्परा, पहिचान, पाक कला, पक्कु खाना संस्कृतिको संरक्षण तथा   प्रवर्द्धन गर्ने उद्देश्यले   पक्कु फेस्टिभलको आयोजना  गर्न लागिएको उनले  बताए।


पत्रकार सम्मेलनमा  अध्यक्ष भण्डारीले भने,पक्कु खानाको प्रवर्द्धन तथा संरक्षण गर्ने गरि बिजनेस ग्रुप फेस्टिभलको आयोजना गरेर अघि बढेको हो ।तत्काल व्यवसयीक लाभ भन्दा पनि रैथाने परिकार पक्कुको विषयमा जानकारी दिने उद्देश्य हो। रैथाने खाना संस्कृतिको प्रचारप्रसारबाट पर्यटन क्षेत्रमा टेवा दिने  फेस्टिभलको खास उद्देश्यले विजया  दशमीको अवसर पारेर  यस्तो कार्यक्रमको आयोजना गरिएको हो हाम्रो संस्कृति ,परम्परा ,पहिचान , पाककला, पक्कु खाना संस्कृतिको संरक्षण  र जगेर्ना गर्ने उद्देश्य फेस्टिभल आयोजना गर्न लागिएको हो। पत्रकार सम्मेलनमा पक्कुको विषयमा विज्ञ गोबिन्दनरसिंह केसीले पनि पक्कु खानाको विषयमा जानकारी गराएका थिए। पक्कु खाना रैथाने परिकार हो। मासुको एक परिकारको रूपमा रहेको यसको अहिलेससम्म प्रवर्द्धन र प्रचार भएको पाइदैन । विज्ञ केसीका अनुसार पक्कु कवाब र सेकुवा भन्दा भिन्न परिकार हो । कवाफ र सेकुवा आयातित परिकार हुन् भने पक्कु हाम्रो रैथाने    परिकार हो। 

परम्परागत सीप र प्रविधि प्रयोग गरेर यसलाई बनाउन्छु। रैथाने खसी बोकाको मासुलाई गरम मसला प्रयोग गरि बनाईन्छ । फ्रिजको विकास नभएको मासुलाई धेरै दिनसम्म भण्डार गरेर राख्नका लागि पक्कु खानाको विकास भएको पाइन्छ । यतिमात्रै होइन, परदेशीका लागि दशैंमा पकाएको मासुलाई राख्नका लागि पनि पक्कु बनाइने परम्परा छ। पछिल्लो समय गाउँघरमा पक्कु बनाउन छोडिएको छ। पक्कुको विषयमा नयाँ पुस्ता अन्जान छ। पक्कु खानाको विषयमा नयाँ पुस्ता त्यत्ति जानकार भएको पाइदैन।  


पक्कु फेस्टिभलले पर्यटन क्षेत्रमा टेवा दिने होटेल तथा  पर्यटन व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष दामोदर नेपालले बताए। पक्कु खाना सम्बन्धि फेस्टिभल गरेर पर्यटन क्षेत्रमा नयाँ प्रोडक्टकै ब्रान्डिङ गर्न लागिएको उनको भनाइ छ। यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्न सकेमा नेपालको पर्यटन क्षेत्र थप टेवा पुग्नेछ छ। होटल क्षेत्रमा पक्कु बिल्कुल नयाँ परिकार हो। यसको स्वाद पनि उत्तिकै हुन्छ । नेपाल भ्रमण गर्ने पर्यटक मात्रै होईन स्वदेशी पर्यटका लागि पनि एक नयाँ स्वाद हो। 

स्वच्छ वातावरण ,सरल ठेगाना ,गुणस्तरीय सेवा स्वादिष्ट खाना भन्ने संकल्पसाथ  सञ्चालित यश होटल राजधानी सहित देशका विभिन्नशहरमा सेवा विस्तार गर्दैछ । केही दिन अघि काठमाडौँमा   भव्य कार्यक्रम गरि होटल  उद्घाटन गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0