
काठमाडौँ । नेकपा एमालेले लोकतन्त्र दिवसका अवसरमा काठमाडौँमा युथ सेलिब्रेशन गर्दैछ । दिउँसो १ बजेबाट कार्यक्रम गर्न लागेको तथा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको युवा संघले जनाएको छ ।
कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूले सहभागिता जनाउनेछन् । कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने युवा संघले जनाएको छ ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सङ्क्षिप्त मन्तव्य दिने कार्यक्रम रहेको छ । अन्य विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ । सरकारको नेतृत्व गरेको दलले काम गर्न छोडेर शक्ति प्रदर्शन गर्न लागेको भन्दै कतिपय राजनीतिका जानकारहरूले आलोचना गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1




