
काठमाडौँ । वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा नरोकिने भएको छ ।
सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी खटाएरै भएपनि परीक्षा संचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा सबै शिक्षकहरू आन्दोलनमा नआएकोले ती केन्द्रमा शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा बोर्डमा छलफल भएको थियो। सबै शिक्षक आन्दोलनमा नभएकाले सकेसम्म शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राखेर परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । शिक्षक नभएका स्थानमा विकल्प खोज्न सकिने बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1




