
काठमाडौँ । मन्त्रिपरिषद बैठक बस्नुअघि नै शिक्षामन्त्री विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको २० दिनमा शिक्षामन्त्री भट्टराईले राजीनामा दिनुभएको हो ।
नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीको राजीनामा आएको हो ।
मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएकै बेला उहाँले राजीनामा दिनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




