
काठमाडौँ । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षकहरूको काठमाडौँ केन्द्रित प्रदर्शन आज पनि भएको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आजपनि प्रदर्शन गरेको हो । आफूहरूको माग पुरा नभएसम्म विद्यालय नफर्कने भन्दै महासंघले आन्दोलन जारी राखेको हो । कार्यालय समयमा शिक्षकहरूले प्रदर्शन गरेपछि बानेश्वर आसपासका क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।

शिक्षकहरूकाे प्रदर्शनले काठमाडौँमा आवत जावतमा सर्वसाधारणले दैनिक समस्या भोग्दै आएका छन भने शैक्षिक गतिविधि प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




