विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताउनुभएको छ । विराटनगरमा बोल्दै अध्यक्ष दाहालले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताउनुभएको हो । 

अहिले दलहरू गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उहाँले बताउनुभयो । यद्दपी गणतन्त्रका विषयमा दलहरूबीचमा कुनै बिमति नरहेको उहाँको भनाइ छ ।

त्यस्तै दाहालले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफूहरूको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने स्पष्ट बताउनु भयो । उहाँले अहिलेको गठबन्धन संविधानको भावना विपरित भएकाले गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको बताउनुभयो । 

पार्टीको प्रसङ्गमा दाहालले संविधान र कानुन अनुसार पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीति फर्कन कसैले नरोक्ने भएकाले बताउनु भयो ।उपराष्ट्रपति नन्द किशोर पुन पार्टीमा क्रियाशील हुन इच्छुक देखिएपछि पार्टीको जिम्मेवारीमा फर्किएको उहाँको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0