काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका शिक्षकहरूले आजपनि काठमाडौँमा प्रदर्शन गरेका छन ।

शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतिघर बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन् । यसअघि मध्यान्हपछि मात्रै प्रदर्शनमा उत्रिएका शिक्षकहरू आइतबार भने बिहानैबाट प्रदर्शनमा सहभागी भएका थिए ।

उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन् । शिक्षकहरूले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर माइतिघर सडकखण्ड प्रभावित हुँदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0