
काठमाडाैँ । नेपाल समाजवादी पार्टी नयाँशक्ति का अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरूबीचको सहकार्यबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताउनुभएको छ ।
भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरि अघि बढ्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताउनुभएको हो । राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भएपनि लोकतन्त्र नै प्रमुख कुरा भएको उहाँले बताउनुभयो ।
भट्टराईले अहिले बिभिन्न ढङ्गले प्रतिगामीहरू सल्वलाउदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको जटिल भूराजनीतिक अवस्थामा सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रीक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गर्नुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि कांग्रेस र कम्युनिष्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो ।




