काठमाडौँ । मोहक ग्वाङ्झाउ नेपालको शहरसँगको भेट शीर्षक अन्तर्गत काठमाडौमा चीनको ग्वाङ्झाउ शहरको तस्बिर प्रदर्शनी काठमाडौंमा  भएको छ। कार्यक्रममा नेपाल तथा चीनका सरकारी, पर्यटन, संस्कृति, व्यापार क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र युवासहित सयौंको सहभागिता थियो।

चिनियाँ दूतावासका उपप्रमुख वाङ सिन्‌ले दुई देशबीच ७० वर्षको कूटनीतिक सम्बन्ध र पर्यटन वर्ष २०२५ को सन्दर्भ जोड्दै आपसी विश्वास र विकासको सम्बन्धलाई स्मरण गर्नुभएको थियो । ग्वाङ्झाउ कमिटीका दु सिन्‌शानले ग्वाङ्झाउ–काठमाडौंबीचको सहकार्यलाई अझ सशक्त बनाउन नयाँ अध्याय भएको उल्लेख गरेका छन । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले चिनियाँ पाहुनालाई नेपालको हिमशृङखला र परम्परा अनुभव गर्न निम्तो दिँदै पर्यटन सहकार्यको नयाँ सम्भावनाको खोजी गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा ग्वाङझाउको प्रचार भिडियो, कान्टोनिज ओपेरा, ऐतिहासिक नृत्य, सांस्कृतिक सामग्री र परिकार प्रदर्शनी प्रस्तुत गरिएको थियो । तस्बिरमार्फत ग्वाङझाउको प्राचीन व्यापारिक केन्द्रदेखि आधुनिक महानगरसम्मको यात्रा देखाइएको थियो।

कार्यक्रम ग्वाङ्झाउ नगर सरकार, चीन अन्तर्राष्ट्रिय सञ्चार विकास केन्द्र, ग्वाङझाउ संस्कृति समूह, र मिनिसोको संयोजनमा भएको थियो । 

कार्यक्रमले नेपाल  र चीनको सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पु-याउन सहयोग पु-याउने अपेक्षा गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0