उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन् ।

धनगढीमा आयोजीत नेकपाएमाले सुदूरपश्चिम विशेष सभामा बोल्दै उनल्े औद्योगिक पूर्वाधार सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिएको जानकारी दिए मन्त्री भण्डारीले स्वदेशी उत्पादन प्रवर्द्धन आयात प्रतिस्थापन निर्यात वृद्धिको लागि नीतिगत सुधार भइरहेको बताए। उनले दोधरा–चाँदनी सुक्खा बन्दरगाह स्थापना भइसकेको उल्लेख गर्दै गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम अन्तिम चरणमा पुगेको जानकारी समेत दिएका छन।

राजनीतिक अस्थिरताका कारण देशमा विकास निर्माणका कामले गति लिन नसकेकाले राजनीतिक स्थिरता र विकास निर्माण गर्न दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0