रोल्पा । रोल्पा जिल्लाका विभिन्न स्थानमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्ला रोल्पाको धेरै क्षेत्रहरूमा गुराँस पाइन्छ । गुराँस फुल्न थालेपछि रोल्पाका विभिन्न वन क्षेत्रहरु रमणीय देखिन थालेका छन ।

तस्बिर– मिलन मगर, उवा रोल्पा

पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन व्यवसाय फस्टाउने आसमा हुन्छन् । यद्यपी गुराँसले राताम्मे भएपनि उल्लेख्य रुपमा पर्यटक यी क्षेत्रहरुमा पुग्न नसकेको स्थानीयको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि समेत काम हुन सके स्थानीयले यसको लाभ लिनसक्ने जानकारहरुको भनाइ छ ।

तस्बिर– मिलन मगर, उवा रोल्पा
तस्बिर– मिलन मगर, उवा रोल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0