काठमाडौ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएकाे हाे।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बरालको राजीनामा बिहीबार स्वीकृत गरीएको हो ।बरालले निजी कारण देखाउदै राजीनामा दिनुभएकाे थियाे । उहाँको राजीनामा स्वीकृत भएपछि त्रिभुवन विश्वविद्यालय हाल उपकुलपतिविहीन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0