
काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ को घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवाको माग गर्नु भएको छ । त्यसो नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने उहाँले घोषणा गर्नुभएको हो ।
सामूहिक गिरफ्तारीको अगुवाई आफूले गर्ने उहाँले बताउनुभयो । उहाँले अव आफूहरूको आन्दोलन भद्र अवज्ञा प्रकारको हुने उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1




