काठमाडौँ । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद बलदेव बोहराले विद्यालय शिक्षा विधेयकको खोजी गरेका छन ।

८ वर्षदेखि प्रयास गरी संसद्मा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकमाथि सरकार र संसद् दुवैले उच्च प्राथमिकतामा राखी दफावार छलफल गर्दै चालु अधिवेशनबाटै पारित गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

संसद्‌मा आएको लामो समयसम्म पनि विधेयक अगाडि बढ्न नसकेको भनेर सत्तारुढ दलकै सांसदले सरकारको ध्यानाकर्षण गराएका हुन ।

उक्त विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । २७ भदौ २०८० मा प्रतिनिधिसभामा दर्ता भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले २०८० असोज २५ गते दफावार छलफल गर्न शिक्षा समितिमा पठाएको थियो । तर, अझै अगाडि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0