
काठमाडौं । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।गृहमन्त्री रमेश लेखकले यस्तो व्यवस्था मिलाइएको सदनमा जानकारी दिएका हुन् ।
बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको गृहमन्त्री लेखकले सोमबार को प्रतिनिधि सभाको बैठक मार्फत जानकारी दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




