काठमाडौं, माघ १८
पछील्लो समय गायन क्षेत्रमा उदाँउदै गरेका गायक थुमन शर्मा ढकालले भर्खरै सम्पन्न दोश्रो उपमा राष्ट्रिय अवार्ड २०२४ मा ‘लाको माया तर्की तर्की’ बोलको गीतबाट नव गायक विधाको अवार्ड प्राप्त गरेका छन ।

उपमा सञ्चार प्रा लि तथा तेजनेपाल मल्टीमिडियाद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रम मार्फत गायक ढकालले सो अवार्ड प्राप्त गरेका हुन ।

उनी पृथ्वीनारायण नगरपालिका, गोरखा-१० मा जन्मिएका हुन । वि.स. २०६२ सालमा पहिलो गीत ‘काँडा हौ तिमी फूल हौ’बाट सांगितिक पाइला अघि सारेका गायक ढकालको कमर्सियल गीतको रुपमा केही समय अगाडि ‘लाको माया तर्की तर्की’ बोलको गीत सार्वजनिक गरेका थिए जसमा बिक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । गायन तथा लेखनमा औधी रुची राख्ने उनी हाल विदेश बसाइ भएका कारण आफुले यो गौरवान्वित कार्यक्रममा प्रत्यक्ष उपत्स्थिति हुन नपाएको भन्दै दुखेसो पोखे । अबका आउने दिनमा अझै राम्रो काम गर्ने हौसला मिलेको साथै यस्तो कार्यक्रमले अझै थप प्रोत्साहन र उर्जा मिल्ने भन्दै दर्शक श्रोता तथा आयोजक प्रती हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0