काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रवार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा किनबेच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0