मुरली गोडिया
बर्दिया । बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिक सञ्चालनमा आएको छ । नेपालमा थुप्रै मानिसहरू नसर्ने रोगका कारण मृत्यु हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । पेन–प्लस कार्यक्रमले जटिल रोगहरूको उपचारका साथै र रोग बाट जोगिने उपायका बारेमा समेत नागरिकलाई सचेतना फैलाउन प्रभावकारी मानिएको छ । तोकिएका गम्भीर नसर्ने रोगहरूको ओ.पि.डी. सेवा, नसर्ने रोगका बिरामीहरूलाई निःशुल्क इको तथा इ.सि.जी सेवा, नसर्ने रोगका विपन्न बिरामीहरूलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलता अनुसार एम्बुलेन्स सेवा, माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषण सेवा, लगायत सुविधा दिइने बताइएको छ । 


क्लिनिकबाट बर्दिया बासीले धेरै लाभ पाउने अपेक्षा राखिएको छ । नयाँ स्टाफहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने चिकित्सकको प्रोत्साहन हुने खालको रणनीति अपनाउने र भएको जनशक्ति परिचालन गरी सेवा दिनुपर्ने स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ । बर्दिया अस्पतालले गरेको कामको अरु प्रदेशले पनि अनुसरण गर्न सक्ने खालको काम गर्न सुझाव समेत दिइएको छ । अस्पतालको शैया बढाउनु भन्दा सेवाप्रवाहको गुणस्तरमा सुधार गर्न आवश्यक रहेको औंल्याइएको छ । 


बर्दिया जिल्लामा विभिन्न जातजाति समुदायको बसोबासका साथै थारु समुदायको बाहुल्य भएको जिल्ला पनि हो । जिल्लामा थारू समुदायमा देखिने सिकलसेल,  थालसेमिया लगायतका रोगहरूका ग्रसित भएको देखिन्छ । त्यस्ता समुदाय स्तरमा गाउँगाँउमा पुगी सचेतनाका कार्यक्रम गर्नुपर्ने समेत आवश्यकता देखिएको छ । कतिपय बिरामी अन्तिम समय नहुँदा सम्म अस्पताल नआउने प्रवृत्ति भएकोले गाउँघरमै क्लिन सञ्चालन गर्नुपर्ने बारे जिल्ला सोच्न आवश्यक रहेको समेत जोड दिइएको छ । 


सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा बर्दिया अस्पतालमा पेन प्लस प्रि–फ्याब भवन बाट सेवा सुरु गरिएको हो प्रदेशले ब्लड बैङ्कको लागि ८१ लाख बराबरको सामग्री अस्पतालले पाएको छ । थालसेमिया बिरामीहरूलाई निःशुल्क औषधी वितरण, निःशुल्क सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीहरूलाई परामर्शसेवा दिने जस्ता सुविधा हरु पेन–प्लस क्लिनिकमा उपलब्ध रहने जनाइएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0