काठमाडाै । महाधिवेशन सकिएको लामो समयसम्म पार्टीलाई विधानका व्यवस्थाबमोजिम सञ्चालन गर्न नसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक मञ्चबाटै अब आफू पार्टीको सभापति नहुने घोषणा गरिसकेका छन । त्यसो त नेपाली कांग्रेसको विधान अनुसार पनि अबको माहाधिवेशनमा उनि उम्मेदवार हुन पाउने छैनन । सभापति देउवा विधानतः वाहिरीने भएपनि कांग्रेसमा १५ औ महाधिवेशनको चर्चा सुरु भैसकेको छ । कांग्रेसमा आगामी महाधिवेशन र पार्टीको नयाँ नेतृत्वको गर्मागर्मी बहस सुरु भैसकेको छ । नेतृत्वको यो रश्साकस्सीमा कतिपय आकाक्षीले सभापति शेरबहादुर देउवालाई चुनौति दिनेगरि गतिविधि अघि बढाएका छन ।

यसरी आगामी महाधिवेशनको तयारीमा जुट्ने कांग्रेस नेता हुन डाक्टर शेखर कोइराला । कोइरालाले पार्टी संस्थापन पक्षलाई चुनौती दिँदै १५ औं महाधिवेशनको तयारी अगाडि बढाएका छन् । पार्टी केन्द्रले मंसिर २२ गतेको प्रदेश सम्मेलनअगाडि कुनै कार्यक्रम नराखिएको सर्कुलर सभापतिहरूलाई पठाएको थियो । तर, शेखर समूहले कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको कार्यक्रम राखेरै छाड्यो । विरोधकाबीच बुधबार कार्यक्रम समापन भएको छ । शेखर समूहले प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१ गरेको हो । त्यहाँ कोशी प्रदेशका १३७ पालिका सभापति तथा देशका महानगर सभापतिहरूलाई बोलाइएको थियो । यसको आयोजक मोरङका १७ पालिका समिति भनिएको थियो । यसबाट शेखर समूहले प्रदेश सम्मेलनअगाडि नै १५ औं महाधिवेशनको तयारीमा जुटेको सन्देश दिएको छ । इतर पक्ष भए पनि पार्टी नेतृत्वकै शैलीमा प्रशिक्षण कार्यक्रम राखिएको हो ।

कार्यक्रमलाई डा. शेखर कोइरालाले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा शेखरले महाधिवेशन समयमा गर्ने गरी संस्थापनले तयारी नगरेको भन्दै चर्को आलोचना समेत गरेका थिए । शेखरले पार्टी संस्थापनले कार्यक्रम नराख्न गरेको सर्कुलरलाई धम्कीको संज्ञा दिएका थिए । महाधिवेशन निकट हुँदा जिम्मेवार नेताहरूले कार्यक्रम गर्ने विषय स्वभाविक भएको कतिपय नेताहरुको तर्क छ भने कतिपयले केन्द्रले सर्कुलर जारी गर्दा समेत भेला नरोक्नु गलत भएको बताएका छन । देखिनलाई प्रदेशभित्रका पालिका सभापतिलाई बोलाइएको भएपनि शेखरले १५ औं महाधिवेशनको तयारी अगाडि बढाउने प्रयत्नस्वरूप यस्तो कार्यक्रम गरेको कांग्रेसवृत्तमा चर्चा छ । कांग्रेसको विधान अनुसार वर्तमान सभापति शेरबहादुर देउवा वाहिरीने भएपछि नयाँ नेतृत्वको बहसले स्थान पाएको हो ।

त्यसो त नेपाली कांग्रेसमा महाधिवेशन नजिकिदै जादा पार्टीको नेतृत्वको बहसले सधैजसो स्थान पाएको छ । तर महाधिवेशनको समय नजिकिदै जादा कांग्रेसमा नेतृत्वको बहस बढी हुने गरेको छ जसले नीति ओझेलमा पार्ने गरेको छ । पार्टी नेतृत्वमा बुढापाकाको वर्चश्व भयो, अब युवा पुस्ता नेतृत्व आउनुपर्छ भन्ने बहस पनि नेपाली कांग्रेसमा लामो समयदेखि चल्दै आएको छ । पदाधिकारीहरुमा युवाहरु समेत आएको भएपनि युवा नेतृत्वको बहस, बहसमै सिमिति हुने गरेको छ । अन्तिमसम्म पुग्दा यस्तो बहस बरालिने र उही पुरानै नतिजाले निरन्तरता पाउँने गरेको छ । अन्तिममा महाधिवेशनबाट कम्तीमा ७० वर्ष कटेका पाका नेताहरूले नै नेतृत्व पाउने हुँदै आएको छ । अहिले केहि युवाहरुको समेत आगामी महाधिवेशनबाट नेतृत्वका लागि चर्चा हुँदै आएको छ । यद्यपी आसन्न महाधिवेशनबाट पनि भाइ र युवा होइन, फेरिपनि दाइहरू नै निर्वाचित भएर आउने सम्भावना बलियो देखिन्छ ।

गत महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू फेरि सभापतिका लागि प्रतिस्पर्धा गर्ने बताइसकेका छन । कोइराला समूहबाटै वर्तमान महामन्त्री गगन थापा समेत नेतृत्वको आकाक्षी भएको भएपनि कोइराला र थापा आकाक्षी हुँदा अहिलेको इतर समूहनै महाधिवेशनसम्म तितरवितर हुने कतिपयको अनुमान छ । त्यसमाथि सभापति देउवा वाहिरीदै गर्दा उनको आर्शिवाद कसलाई प्राप्त हुन्छ भन्ने कुराले पनि आगामी नेतृत्व कस्को पोल्टामा पर्ने भन्ने निधो हुने भएकोले उनको आर्शिवाद पर्खेर बसेका आकाक्षीहरु समेत धेरै छन । नेतृत्व परिवर्तनको रश्साकश्सी कांग्रेसभित्र अहिले देखिनै चलेको भएपनि अन्तिममा नेतृत्व कस्ले पाउने भन्ने चाहि समयले नै वताउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0