पर्सा ।पर्सा क्षेत्र नं १ का उम्मेदवार अनिल रुङ्गटाले निर्वाचन लक्षित विकास प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत र २ रुङ्गटाले क्षेत्रको आर्थिक समृद्धिदेखि शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्म समेटिएको १२ बुँदे एजेन्डा सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै रुङ्गटाले आम मतदातासँग प्रत्यक्ष सुझाव संकलन गरी जनचाहना अनुरूप प्रतिज्ञापत्र तयार पारिएको दाबी गर्नुभयो । यो कागजी प्रतिबद्धता मात्र होइन, क्षेत्रको आवश्यकता र सम्भावनाको अध्ययन गरेर तयार गरिएको कार्ययोजना रहेको बताउनु भयो । उहाँले विशेषगरी वीरगंजको आर्थिक सम्भावनालाई केन्द्रमा राख्दै आर्थिक स्वतन्त्रता, औद्योगिक लगानी विस्तार र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै पाँच वर्षभित्र वीरगंज क्षेत्रमा १ खर्ब रुपैयाँ बराबरको औद्योगिक लगानी भित्र्याउने लक्ष्यसहित स्पष्ट रोडम्याप तयार गरिएको बताउनु भयो ।


निर्यातमुखी नीतिलाई प्रोत्साहन गर्दै उद्योग स्थापना गर्न अनुकूल वातावरण निर्माण गरिने र त्यसबाट हजारौं युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराइने भन्दै वीरगंजका युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न औद्योगिक विकास अपरिहार्य रहेको बताउनु भयो ।
प्रतिज्ञापत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकता दिइएको छ भने सामुदायिक विद्यालयको स्तरोन्नति, गुणस्तरीय शिक्षा प्रणालीको विकास तथा विपन्न वर्गका बालबालिकालाई सहज पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको हो ।


स्वास्थ्यतर्फ स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, सस्तो र सहज सेवा विस्तार गर्ने तथा नारायणी अस्पताललाई आधुनिक मेडिकल हबका रूपमा विकास गर्ने अवधारणा प्रस्तुत गर्नुभयो ।
रुंगटाले पानीको दीर्घकालीन समस्या समाधान, सिर्सिया नदीको सफाइ तथा प्रभावकारी फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको बताउनु भयो । 


साथै विशेष आर्थिक स्वतन्त्रता योजना मार्फत लगानी कर्तालाई आकर्षित गरी क्षेत्रको आर्थिक संरचनामा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा रुंगटाले आफ्नो कार्यकाल भ्रष्टाचारमुक्त विकास निर्माणमा केन्द्रित हुने स्पष्ट पार्दै पारदर्शिता, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिक आधार बनाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।पाँच वर्षभित्र समग्र विकासको आधार तयार गरी पर्सा क्षेत्र नं। १ को आर्थिक तथा सामाजिक अवस्थामा ठोस सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । स्थानीय राजनीतिक वृत्तमा रुंगटाको विकास योजनालाई महत्वका साथ हेरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0