पर्सा । अनिल रुङटाको जनसम्पर्क अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुङटाले वीरगंज महानगरपालिका वडा नं। १२ मुर्लीमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको हो । 

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार रुङटाले विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधार तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आफ्ना स्पष्ट एजेण्डाहरू प्रस्तुत गर्नुभयो ।
उहाँले जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति रहेको र क्षेत्रको दीर्घकालीन विकास र समृद्धिका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । 

कार्यक्रममा संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले  नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले रुङटाको नेतृत्व क्षमता, सक्रियता र विकासप्रतिका स्पष्ट दृष्टिकोणको प्रशंसा गर्नु भयो ।  कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा युवाहरूको उल्लेखनीय सहभागिता भएको अभियानका क्रममा मतदाताहरूले उत्साहजनक साथ र समर्थन रहेको देखिन्छ  ।
घरदैलो अभियानसँगै क्षेत्रको चुनावी माहोल थप तातिँदै गएको छ भने उम्मेदवार रुङटाप्रति बढ्दो जनसमर्थनले विपक्षी उम्मेदवारहरूमा पनि चासो र रणनीतिक सक्रियता बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0