
पर्सा । नेपाली कांग्रेस पर्सा क्षेत्र नं। १ का उम्मेदवार अनिल रुङटाद्वारा वीरगंज महानगरपालिका वडा नं। ३१ नवकाटोलामा अगुवा कार्यकर्ताहरूसँग व्यापक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
चुनावी माहोल दिनप्रतिदिन तातेका बेला आयोजित उक्त कार्यक्रममा क्षेत्रीय तथा वडा तहका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिएका थिए ।

भेटघाटका क्रममा उम्मेदवार अनिल रुङटाले क्षेत्रको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो क्ष् उहाँले पर्सा क्षेत्र नं। १ लाई आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने लक्ष्य रहेको बताउनु भयो ।
उम्मेदवार रुङटाले युवालाई स्वरोजगारमुखी बनाउने, महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने, किसानका समस्या समाधान गर्न ठोस पहल गर्ने तथा सडक, खानेपानी, ढल व्यवस्थापन र विद्युत् विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउँदै पार्टीभित्रको एकता, अनुशासन र सक्रियता मार्फत चुनावी अभियानलाई थप प्रभावकारी बनाउने धारणा राख्नुभयो ।

कार्यक्रममा उपस्थित अगुवा तथा कार्यकर्ताहरूले आआफ्नो धारणा राख्दै क्षेत्रका मुख्य समस्या, जनचासोका विषय, विकास निर्माणमा देखिएका ढिलासुस्ती तथा जनतासँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने आवश्यकताबारे सुझाव दिदै चुनावी रणनीतिलाई वडा वडा र टोल टोलसम्म सशक्त रूपमा पुर्याउनु पर्नेमा बताएका हुन ।
उम्मेदवार रुङटाले प्राप्त सुझावहरूलाई आत्मसात गर्दै जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
भेटघाट कार्यक्रमले पर्सा क्षेत्र नं। १ मा चुनावी माहोल थप उत्साहित र सुदृढ बनेको तथा संगठन विस्तार र जनसमर्थन अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने सहभागीहरुले जनाएका छन ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।




