पर्सा । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पर्सा क्षेत्र नं १ का उम्मेदवार अनिल रुङ्गटाले वीरगंज महानगरपालिका वडा नं। १८ भवानीपुरमा सञ्चालन गरेको चुनावी घरदैलो कार्यक्रममा जनसमर्थन उत्साहजनक देखिएको छ ।

घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्गटाले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना राजनीतिक प्रतिबद्धता र भावी योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले जनतासँग नजिक रहेर काम गर्ने आफ्नो अभ्यासलाई निरन्तरता दिने बताउँदै पर्सा क्षेत्र नं। १ को समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताउनु भयो ।

उम्मेदवार रुङ्गटाले सुशासन, पारदर्शिता र समावेशी विकास नेपाली कांग्रेसको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै जनताको मतबाट प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रूख छापमा मतदान गरी अनिल रुङटालाई विजयी बनाउन एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन । कार्यकर्ताहरूले रुङ्गटाको स्पष्ट दृष्टिकोण, जनतासँगको पहुँच र नेतृत्व क्षमताका कारण कांग्रेसप्रति जनविश्वास बढ्दै गएको प्रतिक्रिया दिएका छन ।

घरदैलो अभियानका क्रममा देखिएको जनउत्साह, सक्रिय सहभागिता र आपसी विश्वासले पर्सा क्षेत्र नं। १ मा नेपाली कांग्रेसको सङ्गठनात्मक स्थिति अझ मजबुत बन्दै गएको सङ्केत गरेको सहभागीहरूको भनाइ छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, वरिष्ठ नेताकार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेताहरूले आगामी दिनमा घरदैलो अभियानलाई थप प्रभावकारी बनाउँदै प्रत्येक टोल टोलमा कांग्रेसको सन्देश पुर्‍याइने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0