काठमाडौँ । नेपालका ठूला राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको बहस लामो समयदेखि चल्दै आएको थियो । यसका बाबजुद पार्टी राजनीति मात्र होइन सत्ता राजनीतिमा समेत ठूला दलका शीर्ष नेताले आलोपालो आफ्नै वरिपरि घुमाइरहेका थिए । २०७२ असोज यता त सत्ता राजनीतिको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा पर पुग्न सकेको थिएन । तर दुई दीनको जेन जी को आन्दोलनले उनीहरूको सत्ता राजनीति मात्र होइन, उनीहरूकै समकक्षीहरूको राजनीतिक भविष्य समेत संकटमा परेको छ ।
नेपाली सत्ता राजनीतिको लगाम सधैँजसो ठूला दलका शीर्ष नेताहरूकै हातमा रहँदै आएको थियो । कतिसम्म भने विगतका दश वर्ष यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको हातबाट पर पुग्न सकेको थिएन । पार्टी राजनीति मात्र होइन, सत्ता राजनीतिमा समेत ठूला दलका शीर्ष नेताकै वरिपरि घुमिरहेको थियो । त्यसो त शान्ति प्रकृयामा आएपछि माओवादी केन्द्र आफ्नै नेतृत्वमा र अरुको सहयोगिको भूमिकामा सबैभन्दा धेरै सत्तामा रहेको छ । तर यसबीचमा आम मान्छेले अवस्था परिवर्तन भएको गुनासो गरिरहँदा पनि उनीहरूले आम मान्छेका मुद्दामा भन्दा सत्ता राजनीतिमै ध्यान दिएका थिए । नेतृत्व परिवर्तन गरि पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनु पर्ने माग दोस्रो र तेस्रो पुस्ताका नेताहरूले गर्दै आएका थिए । 

यद्यपि पार्टीको शीर्ष नेतृत्वले त्यसलाई वेवास्ता मात्र होइन, नेतृत्वको विरोधको आवाजलाई सधैँजसो दबाइँदै आएका थिए । आम मान्छेको देखिएको असन्तुष्टि जेनजी मार्फत सडकमा पोखिदा त्यसले सत्ता राजनीतिबाट ठूला पार्टीका तीन नेतालाई विस्थापित मात्र गरेको छैन । उनकै समकक्षीहरूको राजनीतिक यात्रा संकटमा परेको छ । ०६२/६३ को आन्दोलन पश्चात विगत १९ वर्षदेखि सत्ताको केन्द्रमा रहँदै आएका प्रमुख शक्तिहरू अहिले एकाएक किनारामा पुगेका छन । दोस्रो जनआन्दोलन भएको लगभग २० वर्ष पुग्नै लाग्दा भदौ २३ गते जेन जी पुस्ता आन्दोलनमा होमिएको थियो । 

जेनजीको आन्दोलनले सुशीला कार्की प्रधानमन्त्री नबन्दासम्म आलोपालो सत्ता राजनीतिको लगाम समाएका नेताहरूलाई मात्रै  संकटको पु-याएको होइन, समकक्षीहरुकै राजनीति संकटमा पारिदिएको छ । आन्दोलनले सत्ता उल्टाएको मात्र नभएर १९ वर्षदेखि सत्ताको केन्द्रमा रहेका प्रमुख शक्तिहरूलाई एकाएक किनारामा पु-याइदिएको छ । त्यसो त प्रमुख पार्टीहरूले आलोपालो सत्ता चलाएका मात्र होइनन्,  केही निश्चित व्यक्तिहरूले यो समयमा घुमिफिरी मन्त्री बन्ने अवसर पनि पाएका थिए । धेरैपटक मन्त्री हुनेहरुमा कृष्णबहादुर महरा, विष्णु पौडेल, गिरिराजमणि पोखरेल जनार्दन शर्मा, वर्षमान पुन, शरतसिंह भण्डारी लगाएतका नेताहरु अग्रपक्तिमा छन । २०६३ चैतमा पहिलो पटक सत्तामा पुगेको माओवादीलाई सबैभन्दा धेरै सत्ता फापेको थियो । खिलराज नेतृत्वको कार्यकाल जोड्ने हो भने माओवादी यो समयमा ११ पटक सरकारमा गएको थियो । अन्तरिम सरकारमा सहभागीता समेत जोड्दा माओवादी भने १२ पटक सरकारका पुगेको थियो । 

०६३ यता बनेका १६ सरकारमध्ये माओवादी ४ वटा सरकारमा मात्रै सहभागी भएको थिएन, अर्थात प्रतिपक्षमा थियो । नागरिक आक्रोसमा सत्ता प्रतिपक्ष विभाजित हुँदा आफ्नै खालका तर्क गर्ने गरेको भएपनि समग्रमा यो अवधिमा माओवादी केन्द्रले सबैभन्दा धेरै सत्ता राजनीतिको लगाम समाएको थियो । आन्दोलनकै वलमा स्थापित माओवादी केन्द्र मात्र होइन, पछिल्लो आन्दोलनले एमाले र कांग्रेसका नेताहरुको राजनीति संकटमा परेको छ । त्यसो त सधैँजसो मन्त्री बन्ने सौभाग्य पाएका शरतसिंह भण्डारी, आम जनता पार्टीका प्रभु साह, त्यस्तै कहिले सद्भावना, कहिले राजपा अनि कहिले लोसपमा हुँदै अहिले राष्ट्रिय मुक्ति क्रान्ति नेपालको नेतृत्व गरेका राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएतको राजनीति समेत संकटमा देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0