काठमाडौं, १२ श्रावण । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाका बेपत्ता भएका १६ जनाको नाम सार्वजनिक भएको छ । नेपाल प्रहरीका अनुसार बेपत्ता हुनेमा बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्।

कमलासहित २३ वर्षीया कोमल माया हायु, १९ वर्षीया उषा हायु, २१ वर्षीया अस्मिता हायु, २९ वर्षीय राजु हायु, २४ वर्षीय हिमाल हायु, १६ वर्षीय लालबहादुर हायु, १४ वर्षीय वेगबहादुर हायु, ११ वर्षीय लक्ष्मण हायु, १२ वर्षीय सुवर्ण हायु, १० वर्षीया ओमकुमारी हायु, १ वर्षीय अर्जुन हायु, ४ वर्षीया रियासा हायु र १५ वर्षीय शान्ता हायु बेपत्ता रहेका हुन्।

१६ जनाको परिवार घर अलपत्र पारेर एकाएक गायब भएपछि स्थानीयको सूचनामा प्रहरीले खोजी तीव्र पारेको छ । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरु कहिलेबाट हराएको हो पनि भन्न सक्ने स्थिती पनि छैन । किनकी घरभन्दा पारी एउटा गोठमा पाडो बाँधेको र तीन दिनदेखि पाडोलाई घाँस पानी गर्न कोही नगएपछि आज छिमेकीले घरमा आएर हेर्दा कोही नदेखेपछि प्रहरीका खबर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0