
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ । घुस डिलसम्बन्धी अडिओमा मुछिएका मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ।
मन्त्री गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा वुझाउनु भएको हो ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी डिल गरेको अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो। प्रतिपक्षी दल लगाएत सत्तारुढ दलका नेताहरुले समेत मन्त्री गुप्तालाई राजीनामा दिन आग्रह गर्दै आएका थिए । कांग्रेसकै इतर समूहका नेताहरुले मन्त्री गुप्तालाई पदबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
एमालेकै कतिपय नेताहरुले समेत मन्त्री गुप्तालाई पदबाट राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न सुझाव दिदै आएका थिए ।




