
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउने बताउनुभएको छ ।
बर्तौलाले उक्त प्रकरणमा प्रधानमन्त्रीले चासो राख्दै अध्ययन गरिरहेको भन्दै छिटै एउटा निष्कर्ष आउने बताउनुभएको हो । मन्त्रीमाथि उठेका प्रश्नहरूको जवाफदेहिता सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने उहाँले बताउनुभयो । बर्तौलाले अडियो प्रकरणमा दोषी देखिए सरकारका तर्फबाट कसैलाई जोगाउने काम नहुने बताउनु भयो ।
उहाँले सत्तासाझेदार दलबीच सरकारका मन्त्रीहरूले एक वर्षमा गरेको कामकारवाहीका बारेमा समीक्षा हुने समेत बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




