काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको नाम अनुमोदन गरेको छ । 

सिंहदरबारमा  बसेको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले तीन जनालाई सर्वोच्चको न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै बैठकले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको सभापति न्यौपानेले बताउनुभयो ।
माओवादी सांसदहरुले भने नियुक्त समावेशी नभएको भन्दै बैठक बहिष्कार गरेको थियो । माओवादी नेता जनार्दन शर्माले सिफारिस भएका व्यक्तिको नाममा कुनै आपत्ति नभएपनि कोटा खाली गरेर सिफारिस गर्नु उचित नभएको बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0