काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म सदनमा विरोध कायमै राख्ने निर्णय गरेको छ । 

पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने बिषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बेइमानीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामा प्रहार भएको बैठकको ठहर रहेको उहाँले बताउनुभयो । बैठकले कानून बनाउने विधायिकी स्वतन्त्रतामाथि आँच आउनेगरी भएको बदमासीपूर्ण छलछामको गतिविधिलाई अनदेखा नगरि यस कार्यमा संलग्नमाथि छानविन गरि दोषीमाथि कारवाही गर्न संसदीय छानविन समिति बनाउन माग गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । 

त्यस्तै बैठकले रूपन्देही क्षेत्र नंवर ३ मा हुने उपनिर्वाचन रास्वपाका तर्फबाट योग्य उम्मेदवार छनौट गर्नका लागि सचिवालय बैठकमा पेश भएको उम्मेदवार छनौट विधिमा छलफल भएको र सुझावलाई समेत समेटेर आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनौट विधिलाई पारित गर्ने भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0