काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै निरन्तर विरोध जनाइरहेको रास्वपा र राप्रपाका सांसदहरुले सोमबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिनुभएको सांसद नेपालीले सरकार र मन्त्री फेरिएपनि मानवतस्करी नरोकिने भएकाले यसलाई सदाका लागि अन्त्य गर्न छानविन हुनुपर्ने बताउनुभयो ।

उहाँले भिजिट भिसा प्रकरणमा संलग्नलाई उन्मुक्ति दिने काम भएको आरोप लगाउनुभयो । सरकारले आफूहरूको आवाज दबाउने प्रयास भएको भन्दै सत्य बोल्न नडराउने बताउनु भयो । 

सांसद नेपालीले धारणा राखेपछि दुई दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षक माथिको समूहकृत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0