काठमाडौँ । नेपाल चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । 

अगस्ट १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । चीनसँग सम्बन्ध कायम गर्ने दोस्रो दक्षिण एशियाली देश नेपाल हो । 

दुई देशबीचको सम्बन्ध पछि चीनले नेपालको विकासमा सहयोग गर्दै आएको छ । अरनिको राजमार्ग, पोखरा अन्तराष्ट्रिय विमानस्थल, रेल सम्पर्कको सम्भाव्यता अध्ययन संगसंगै कोभिड महामारीको समयमा समेत चीनले नेपाललाई सहयोग गरेको छ । अहिले नेपाल चीनबीच संस्कृति, भाषा र पत्रकारिता आदिमा आदानप्रदान पनि बढ्दो छ।

सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो ।

छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको छ। चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताउनु भएको छ । 

महिनाभर सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा व्यक्त गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0