काठमाडौं  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपलाई अस्वीकार गर्दै त्यसलाई “राजनीतिक प्रतिशोध” भनेका छन्।

आफ्नै पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले आफू सधैं “नबिग्रनु र नडराउनु” भन्ने सिद्धान्तमा अडिग रहेको बताए। उनले भने, “मैले कहिल्यै भ्रष्टाचार गरेको छैन। यो मुद्दा राजनीतिक प्रतिशोधको हिस्सा हो।”

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली समूहको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचारसम्बन्धी दाबी गर्दै मुद्दा अघि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0