
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताउनुभएको छ ।
माओवादी केन्द्रको जागरण कार्यक्रममा बागलुङमा पुगेका दाहालले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जादा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको भन्दै सरकार प्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताउनुभएको हो ।
उहाँले प्रतिपक्षीको हैसियतले सरकारलाई खवरदारीमात्रै गरेको र जनतामा आन्दोलनको अपिल नगरेको भन्दै सरकार यहि रुपमा अघि बढे बर्खापछि ठुलो जनविद्रोह गर्ने चेतावनी दिनुभयो । विगतमा पनि माओवादीले राखेका मुद्दाहरूलाई राज्यले गम्भीर रुपमा नलिदा १० वर्षे जनयुद्ध भएको उहाँले बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा गरेको कयौँ कामहरू अहिलेको सरकारले बिगारेको बताउनुभयो ।




