काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूको जेठ १५ देखि घोषणा गरिएको आन्दोलन शान्तिपूर्ण हुने बताउनु भएको छ । 

 लिङ्देनले आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताउनुभएको हो । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उहाँले बताउनुभयो । उहाँले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघ संस्थाहरूलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिनुभयो । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने बताउनु भयो । यसपटकको आफूहरूको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने उहाँको भनाइ छ । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घरघरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताउनुभयो । अबको आन्दोलनको अग्रपङ्क्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उहाँले बताउनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0