
काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा गौतमले अहिलेको कांग्रेस एमालेको सरकार, सरकार जस्तोगरि चल्न नसकेको र जनतामा निराशा छाएको भन्दै राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो ।
त्यस्तै उहाँले संसद पनि प्रभावकारी हुन नसकेको, न्यायपालिकाबाट पनि जनता निराशा देखिएकाले अहिलेका समस्यालाई समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिनुभयो । अव राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्दै जनतामा आशा र भरोसा पैदा गर्न सके मुलुकलाई एक ठाँउमा पुराउन सकिने उहाँले बताउनुभयो ।
उहाँले राष्ट्रिय सहमतिका लागि ढिलाई गरे मुलुकको व्यवस्थामा नै नकारात्मक असर पुग्ने बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




