आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्नेछन्। छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ। त्यसपछि दर्ता गरिएका ३७ संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय  संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। साथै, आजैदेखि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रि–बजेट छलफल सुरु हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेश गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0