नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरूले नै सरकारबिरुद्व वक्तव्यबाजी गरेको देखिएको भन्दै सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा विघटन गर्न सुझाव दिनुभयो । तर अस्थिरतालाई मलजल हुने काम सत्ता साझेदार भित्र रहेका कसैले पनि गर्न नहुने उहाँले बताउनुभयो ।

उहाँले अहिले सत्तागठबन्धनको विपत्‌मा कुनै काम नभएको दावी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गर्नुभयो । त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सबै अधिकार एक दललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको विषय प्रधानमन्त्रीसँग जोडेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले गठबन्धन सरकारको अभ्यास र कार्यतालिका हेक्का राख्न सत्तारुढ दलकै सांसदहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले सरकार ढल्ने वक्तव्यबाजीहरू मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी रहेपनि त्यस्ता वक्तव्य निरर्थक सावित भएको जिकिर गर्नुभयो । थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निन्द्राबाट ब्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न सुझाव दिनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0