
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन आगामी आर्थिक वर्षमा कम्तीमा ४० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएका छन्।
उनका अनुसार, चालु आर्थिक वर्षमा मात्र बीमा कार्यक्रमका लागि मासिक औसत २ अर्ब खर्च भइरहेको छ। यसै आधारमा १२ महिनाको २४ अर्ब र गत वर्षको १३ अर्ब वक्यौता जोड्दा कुल खर्च ३७ अर्ब पुग्छ। बीमा बोर्डको प्रशासनिक खर्च समेत समावेश गर्दा ४० अर्ब रुपैयाँ आवश्यक हुने उनको भनाइ छ।
मन्त्री पौडेलले अघिल्लो वर्ष साढे सात अर्ब मात्र छुट्याइएको भन्दै त्यो नपुग भएको बताए। उनले स्वास्थ्य बीमा टिकाउन सरकार र नागरिक दुवैको संयुक्त योगदान अनिवार्य भएको र अलग–अलग संयन्त्रबाट बीमा सञ्चालन गर्ने मोडल उपयुक्त नहुने स्पष्ट पारे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




