काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकको माग सम्बोधन गर्ने बारेको अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल अघि बढाउन माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरुहुने बितिकै पाण्डेले विपक्षी दलले दर्ता गराएको प्रस्ताव कार्यसूचीमा नराखिएको प्रति आपत्ति जनाउदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफल गर्न माग गर्नुभयो ।

उहाँले सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्ने भएपछि जरुरी सार्वजनिक महत्वको प्रस्ताव अघि नबढाएको जवाफ आएकाले सरकार संसद्प्रति गैरजिम्मेवार देखिएको बताउनुभयो । उहाँले संसदको चालू अधिवेशनमा शिक्षकहरूको समस्या समाधानका लागि सांसदहरुले आवाज उठाइरहेको भएपनि सरकारले सदनमा त्यसबारे कुनै जानकारी पनि नगराएको उल्लेख गर्नुभयो । बर्तौलाले शिक्षकहरुसंग सरकारले गरेको सहमति कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै शिक्षकहरूको जायज माग पुरा गरेर विद्यालय फर्काउन सुझाव दिनुभयो । 

बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने सरकार सदनप्रति जिम्मेवार रहेको र शिक्षकहरु संगको माग सम्बोधनका लागि निरन्तर छलफलमा रहेको उल्लेख गर्नुभयो । शिक्षकहरूको विषय निकै संवेदनशील रहेको भन्दै उहाँले छिटै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

बर्तौलाले शिक्षामन्त्री निरन्तर छलफलमा रहेकाले यस विषयमा सरकार अनुदार बनेको जस्तो नदेखिएको बताउनु भयाे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
20
+1
0
+1
0
+1
0
+1
0